मोरङको सुन्दरहरैँचा-२ मा युवक सडक छेउको नालीमा मृत फेला परेका छन्।
सुन्दरहरैँचा नगरपालिका-२ का ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारी हिमाल चोकस्थित सडक छेउको नालीमा भेटिएका हुन्। आज बिहान सडक छेउको घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार अधिकारीको शव नालीभित्र भेटिएको हो भने घटनास्थलनजिकै एउटा साइकल फेला परेको छ। रातका समयमा साइकल चढेर घर जाने क्रममा उनी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।




















