ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा काम गर्ने महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको उपचारको क्रममा मृत्यु भएको हो।
उक्त घटनामा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन्।
उनीहरुलाई उपचारका लागि मेसडसिटी अस्पताल पठाइएको छ।




















