मोरङको रंगेली नगरपालिका-७ पोखरी टोलस्थित विराटनगर–रंगेली हुलाकी सडक खण्डमा बीआर ३८ एओ १७५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक रंगेली नगरपालिका-५ बस्ने २१ वर्षीय सन्जु मण्डलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २२ वर्षीय अनर्जित मण्डलको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 

दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।