प्रतिबन्धित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरेको आरोपमा यूएईमा हालसम्म सातजना नेपाली पक्राउ परेका छन्।

इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ। आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म सातजना नेपालीलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, पक्राउ परेका व्यक्तिलाई १ वर्ष जेल तथा १ लाख दिरामसम्मको सजाय हुनसक्छ। साथै, प्राइभेट म्यासेजमा समेत त्यस्ता सामग्रीहरू सेयर गर्न वर्जित भएकाले त्यसो नगर्न मन्त्रालयले आग्रह गरेको छ।