रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।

रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णुप्रदीप बस्यालका अनुसार आज बिहान मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि पर्ने यमुनामाई गाउँपालिका–४ सरुअठाकी २२ वर्षीया पुनमदेवी साहको मृत्यु भएको हो।

उनीहरुको गौर प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गङ्गापिपराबाट गौर आइरहेको बिआर ३०यु १३७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सिसौको रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो।