पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।
भट्टराईको सचिवालयका अनुसार भोजप्रसाद भट्टराईको आज बिहान ८ः१५ बजे निधन भएको हो। केही दिनयता स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको सचिवालयले जनाएको छ।
स्वर्गीय भोजप्रसाद भट्टराईको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।




















