एमाले सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट जित्ने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट९१५० जित्नेगरी तयारी भए पनि १० सिट जित्ने दाबी गरेका हुन्। 

अघिल्लो निर्वाचनमा पाँचदलीय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको उनले बताए। यसपटक मतदाताहरू एमाले नै ठीक रहेको भन्ने निष्कर्षमा पुगेको उनको दाबी छ।