भारतको मुम्बई विमानस्थलमा मंगलबार एयर इन्डिया र इन्डिगो एयरका पखेटा एकापसमा ठोक्किएका छन्। यात्रुवाहक दुवै एयरलाइन्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको छ।

यो घटना हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान नम्बर ‘६ई ७९१’ र मुम्बईबाट कोयम्बतुर प्रस्थान गर्ने तयारीमा रहेको एयर इन्डियाको उडान नम्बर ‘एआई २७३२’ बीच भएको हो। 

इन्डिगोको विमान अवतरणपछि ट्याक्सी–वेमा गुडिरहेको थियो भने एयर इन्डियाको विमान उडान भर्नुअघि ट्याक्सी–वेमा पालो पर्खेर बसिरहेको थियो।

सबै यात्रुहरू सुरक्षित छन् र विमान पार्किङ गरेपछि उनीहरूलाई ओरालिएको छ। विमानको अहिले मर्मतसम्भार र निरीक्षण भइरहेको छ।” 

सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको र घटनाबारे अनुसन्धान भइरहेको छ।