दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ। बजारमा अहिले खाना पकाउने ग्यासको अभाव देखिएको छ। जसका कारण उपभोक्ता मारमा परेका छन्। 

भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ। भारतले नाकाबन्दी गरेको बेला काठमाडौंसहित देशभर ग्यास अभाव हुँदा यसैगरी उपभोक्ताको लाइन देखिन्थ्यो। 

नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ। 

बिहानदेखी दिनको २ बजे सम्ममात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौँ उपभोक्ताहरू लाम बस्ने गरेका छन्।

यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ।