नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले बढेर दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कायम भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।