राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) ले अपराध गरेको भए प्रधानमन्त्रीको सल्लाहकार बनाउनुको सट्टा कानूनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्।
शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो। यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो। भ्रष्ट आचरण हो।’
उनले व्यक्तिगत स्वार्थका आधारमा गरिने यस्तो कदमलाई भ्रष्ट आचरणको संज्ञासमेत दिएका छन्।











