जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ।
जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए। गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा घटना भएको हो।
घटनाको जानकारी राति करिब ९ः४० बजे प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ।
घटनापछि बले थापा फरार भएका छन्। उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए।












