राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले मन्दिरको दर्शन गरी पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि दक्षिणकाली मन्दिर पुगेकी थिइन्। उनीहरूलाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए।