महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ। बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो।
मुम्बईबाट एक निजी विमानबाट पवार बारामती जाँदै थिए। बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको थियो।
विमानमा अजितका साथै उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य थिए। सवार सबैको मृत्यु भएको बताइएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।




















