बेलबारी-१ स्थित आदर्श शिक्षा इङ्लिस बोर्डिङ स्कुलको  वार्षिक खेलकुद प्रतियोगिता आजदेखि उद्घाटन भएको छ ।आज देखि ३ दिन सम्म संचालन हुने खेलकुद प्रतियोगिताको उद्घाटन बेलबारी -३ स्थित  बेलबारी प्रस्तावित रंगशाला टुक्रे खेलमैदानमा बिद्यालयका निर्देशक नर बहादुर धिमालले गरेका छन्।  
उद्घाटन कार्यक्रममा  विद्यालय स्थापनाकालदेखि नै पढाइसँगै अतिरिक्त क्रियाकलापलाई समान महत्व दिँदै आएको विद्यालयले हरेक वर्ष नियमित रूपमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको विद्यालयका निर्देशक नरबहादुर धिमालले बताएका छन्।
 निर्देशक धिमालले भने, “पढाइ मात्र नभई विद्यार्थीभित्र लुकेका प्रतिभा, सीप र क्षमता उजागर गर्न खेलकुद अत्यन्त आवश्यक छ। यसले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। यही उद्देश्यका साथ विद्यालयले हरेक वर्ष अनिवार्य रूपमा खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताए।  

खेलकुद प्रतियोगितामा सहभागी बिद्यार्थी हरुले “विद्यालयले आयोजना गरेको यो खेलकुद प्रतियोगिताले हामीलाई निकै खुशी बनाएको छ। यस्तो कार्यक्रमले लामो समयसम्म सम्झनलायक स्मृति बनाउँछ। हामीले खेलमार्फत आफ्नो क्षमता देखाउने अवसर पाएको बताउछन। 
DSC06285
यो वर्षको खेलकुद प्रतियोगिता १३, १४ र १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा समावेश विभिन्न खेलकुद कार्यक्रमहरूले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बिद्यार्थीहरुले लिएका छन्।  

बिद्यार्थीहरु खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने भएकाले यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताएका छन्।  

विद्यालय प्रशासनका अनुसार प्रतियोगिताको पहिलो र दोस्रो दिन विद्यार्थीहरूबीच विभिन्न खेलहरू सञ्चालन गरिने छ  भने अन्तिम दिन अन्तिम दिन अभिभावक, शिक्षक  तथा गैर–शिक्षण कर्मचारीहरूका लागि विभिन्न खेल गतिविधिहरू सञ्चालन गरिनेछ। 
उत्कृष्ट खेलाडीहरूलाई अभिभावक दिवसका दिन पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ । 

DSC06266
विद्यालय प्रशासनका अनुसार प्रतियोगिताको पहिलो दिन विद्यार्थीहरूबीच विभिन्न खेलहरू सञ्चालन गरिएको थियो भने अन्तिम दिन उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, शिक्षक तथा अभिभावकहरूका लागि पनि मैत्रीपूर्ण खेलको व्यवस्था गरिएको थियो।

बिद्यालयका अनुसार यस वर्षको खेलकुद प्रतियोगितामा करिब एक हजारभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा विभिन्न खेल विधाहरू समावेश गरिएको छ। हाउस प्रणालीअन्तर्गत एलो हाउस, रेड हाउस, ब्लू हाउस र ग्रिन हाउस गरी चार समूहमा विद्यार्थीहरूलाई विभाजन गरिएको छ।

प्रत्येक हाउसले आ–आफ्नो टिम गठन गरी प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। प्रतियोगितामा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र १५०० मिटर दौडसहित फुटबल, कबड्डी लगायतका विभिन्न खेलहरू समावेश गरिएको बिद्यालय प्रसाशनले जनाएको छ ।