जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एकजना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्।
घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने जवान हरि जिसी मृत भेटिएका हुन्।
यही माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता भएका थिए। खोजी गर्दा घोराही उपमहानगरपालिका-१८ घरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उनका बुवाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयुमा उपचार हुँदैछ। उनको मृत्युको कारण नखुलेको एसपी श्रेष्ठले जानकारी दिए।




















