नेपाली काँग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नं. ४  का प्रतिनिधिसभा सदस्यका उमेद्वार   गुरु राज घिमिरेले राजनीति जनताको सुख–दुःखसँग जोडिनुपर्ने बताएका छन्। सुन्दर हरैचा मा पत्रकारहरु संगको  भेटघाट कार्यक्रममा बोल्दै उनले विकासप्रेमी सोचसहित जनताको हितमा केन्द्रित राजनीति आजको आवश्यकता भएको स्पष्ट पारे।

महामन्त्री घिमिरेले जनआन्दोलनपछि नेपाली राजनीतिमा आएको परिवर्तनको चर्चा गर्दै लोकतान्त्रिक मूल्य, विधि र वैधानिक प्रक्रियाबाटै सुधार सम्भव हुने धारणा व्यक्त गरे। उनले जेन्जी विद्रोहपछिको राजनीतिक अवस्थालाई स्मरण गर्दै काँग्रेसले पार्टीभित्र नेतृत्व परिवर्तन गरी नयाँ ऊर्जा र दिशासहित अघि बढेको बताए।

“राजनीति तडक–भडक, फेसन र नारामा सीमित हुनु हुँदैन,” उनले भने, “राजनीति जनताको कल्याण, सुशासन र देशको भविष्य सुरक्षित गर्ने माध्यम बन्नुपर्छ।”

उनले वैचारिक धरातल, दार्शनिक स्पष्टता र जनतासँग प्रत्यक्ष अन्तरक्रिया नगर्ने प्रवृत्तिले देशलाई सही दिशामा लैजान नसक्ने उल्लेख गरे।

महामन्त्री घिमिरेले नेपाली काँग्रेसले २०४६ सालको आन्दोलन, २०६२/६३ को जनआन्दोलनदेखि हालसम्म लोकतन्त्र स्थापनामा ऐतिहासिक भूमिका खेलेको स्मरण गराउँदै, ती आन्दोलनका अनुभव र योगदानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु आवश्यक रहेको बताए।

उनका अनुसार पार्टीभित्र भएको रूपान्तरणले अब देश रूपान्तरणको आधार तयार भएको छ।

आगामी निर्वाचनतर्फ संकेत गर्दै घिमिरेले यो चुनावले देशको राजनीतिक दिशा तय गर्ने बताए। “नेतृत्व परिवर्तनपछि अब देश परिवर्तनको चरणमा प्रवेश गरेको छ,” उनले भने।

उनले सञ्चारकर्मीहरूलाई स्वतन्त्र, निष्पक्ष र तुलनात्मक विश्लेषणमार्फत जनतालाई सही सूचना प्रवाह गर्न आग्रहसमेत गरे।८०१० वटा शिर्षक बनाउ