नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि पहिलो पटक बैठक बसेको हो।
आजको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचन होमिने निर्णय गर्ने बताइएको छ।



















