प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उमेदवार बनेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएका छन्।
उनी गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार थिए। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले उमेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।
उमेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका व्यक्तिले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने र उमेदवार बन्दै गर्दा भूमिका संकुचित हुने भनेर उमेदवारी फिर्ता लिन सुझाव दिएको उनले बताए। उनले बाहिर रहेर नै दलहरूलाई सघाउने बताए।



















