जेनजी आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा आगजनी गरेका छन्। प्रदेशसभाका कर्मचारीलाई बाहिर निकालेर प्रदेशसभा भवनमा आगजनी गरेका हुन्।

सवारीसाधन पनि जलाइएको छ। प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी गरेका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङको सकारी निवासमा तोडफोड गरेका छन्।

नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको निवासमा प्रवेश गरी प्रदर्शनकारीले निवास र निवासमा राखिएका सवारी तोडफोड गरेका हुन्। गाडीमा आगो लगाइदिएका छन्। 

सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन सक्ने अवस्था भएन। अवस्था सुरक्षा नियन्त्रणभन्दा बाहिर पुगेपछि सुरक्षाकर्मी खटाइएको ठाउँबाट फिर्ता भएका छन् । सुरक्षाकर्मी फिर्ता भए पनि विभिन्न स्थानमा आगजनी गर्ने क्रम जारी छ। 

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयदेखि विराटनगरको आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी गरिएको छ।