नयाँबानेश्वर क्षेत्रमा आन्दोलित युवाहरूले बन्दुक बोकेको देखिएको छ।
तीनकुनेबाट बानेश्वरतिर आइरहेका आन्दोलनकारीसँग नेपाली सेना र सशस्त्र प्रहरीले चलाउने अटोमेटिक राइफल देखिएको हो।
भिडमा देखिएका ती युवकले हातमा बोकेको बन्दुक तेर्साउँदै नारा जुलुस गरिरहेका छन्। अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ।
प्रदर्शनकारीले बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालय जलाइसकेका छन्। उनीहरू अहिले संसद् भवन परिसरमा पस्ने कोसिसमा छन्।




















