जेनजी आन्दोलन चर्कँदै जाँदा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा आगजनी भएको छ। आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार राजधानीको रातोपुलस्थित थापाको निवासमा आगजनी गरेका हुन्।
प्रारम्भमा आन्दोलनकारीहरूले घरमा पार्क गरिएको गाडीमा आगो लगाएका थिए। त्यसपछि भिडले घरतर्फ समेत आगजनी गर्ने प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र त्यसपछिका आन्दोलनमा प्रहरीले गरेको दमनका कारण जेनजी पुस्ता सडकमा उत्रिएको हो। सोमबारको घटनामा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो।




















