राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पद त्याग गरेको घोषणा गरेकी छिन्।
जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनप्रति समर्थन जनाउँदै उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेकी हुन्।
‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला। तर आज भाद्र २४ गते ११ः५५ बजे देखिनै यो अपराधी र संवेदनहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु,’ सांसद कार्कीले लेखेकी छिन्।




















