प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगो लगाइदिएका छन्।
काठमाडौँ महानगरपालिका-१६, बालाजु हाइट बोहोराटारमा रहेको पौडेलको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका हुन्।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोलीसमेत प्रहार गरेको स्थानीयले जानकारी दिएका छन्।
राष्ट्रपति भएपछि पौडेल हाल सरकारले उपलब्ध गराएको शीतलनिवासमा बस्ने गरेका छन्।
यतिखेर बालाजुहाइट, रानीवन र राधाकृष्ण मन्दिर क्षेत्रका स्थानीयबासीहरू प्रदर्शनमा स्वःस्फूर्त सहभागी भइ चक्रपथ क्षेत्रतर्फ अघि बढेका छन्। रानीवनको पानीट्याङ्कीबाट अघि बढेको ठूलो जुलुसमा बालबालिका र वृद्धवृद्धा पनि सहभागी भएका छन्।




















