काठमाडौंलगायत देशका विभिन्न ठाउँमा जेनजीको प्रदर्शन दोस्रो दिन आज झनै चर्किएको छ। 

आज आन्दोलनकारी झन उग्र भएर निस्किएका छन्। 

नेताहरू उम्किन नपाऊन् भनेर आन्दोलनकारीहरूले एम्बुलेन्सलाई समेत चेक गरेर छोडिरहेको बताइएको छ। 

एक प्रत्यक्षदर्शीले भने, ‘अहिले गगनको घरमा आगो लगाइसकेको छ। आन्दोलनकारीहरूले कतै एम्बुलेन्समार्फत गगन थापा उम्किन त खोजिरहेका छैनन् कि भने दुई वटा एम्बुलेन्सलाई समेत चेक गरिरहेका छन्।’