जेनजी आन्दोलनको क्रममा गोली लागेर मंगलबार पनि एक जनाको मृत्यु भएको छ। काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेर सिभिल अस्पताल लगिएका एक जनाको मृत्यु भएको हो।
अस्पताल प्रशासनका अनुसार आज ५१ जनालाई अस्पताल ल्याइसकिएको छ। तीमध्ये १ जनाको मृत्यु भयो। यसअघि सोमबार काठमाडौंमा मात्र गोली लागेर १७ जनाको मृत्यु भएको थियो।




















