राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आइतबार अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन्।
उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरूले स्वागत गरेका थिए।
यसैगरी नेपाली सेनाको सैनिक संग्रहालयमा पुग्दा नेपाली सेनाका बलाधिकृत निर्मल कुमार थापाले स्वागत गरेका थिए। सैनिक संग्राहलयमा
संग्रहालय प्रमुख प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराएका थिए। त्यस्तै राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा जानकारी गराएका थिए।