मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो।
सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन्। भारतीय महिलाको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो। उक्त टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो।