रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौंको बालाजुमा भेटिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सकुशल भेटेको हो। रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन थिए।
‘उहाँलाई बालाजुमा सकुशल भेटेका छौँ’, काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले खबरहबलाई भने, ‘अहिले परिसरमा ल्याएका छौँ। अब श्रीमतीलाई झिकाएर जिम्मा लगाउँछौँ।’