झापाबाट ३ जना र  सुनसरीबाट १ जना लागूऔषध सहित पक्राउ परेका छन्।
जेठ २२ गते झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले ब्राउन सुगर २ ग्राम सहित मकवानपुर हेटौडा ३ का २१ वर्षीय डेबिड लामा र बिर्तामोड नगरपालिका-२ का २९ वर्षीय सञ्जय चौधरीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ। 
यसैगरी, इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-१ का २९ वर्षीय सुजन कन्दङ्वालाई ब्राउन सुगर १ ग्राम सहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानले धरान-१६ का ३० वर्षीय गोपाल राईलाई प्रतिबन्धित औषधी ५६९ चक्की र नगद ३७ हजार रुपैयाँ सहित पक्राउ गरिएको छ।