मोरङको विराटनगर महानगरपालिका-८ स्थित कमलदेव यादवले सञ्चालन गरेको सिटी रिक्सा चार्जिङ सेण्टरमा करेन्ट लागेर रङ्गेली नगरपालिका-६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको छ। 
जेठ २२ गते दिउँसो सँवा ३ बजे सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो। सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ।