राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ। प्रदर्शनकारीहरूले नेकपा एसको कार्यालय आलोक नगर पुगेर तोडफोडमा उत्रिएका हुन्।  विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाएका हुन्। त्यस्तै, प्रदर्शनकारीले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन्।
प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका छन्। तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। राजवादीहरूको आमसभा समेत प्रभावित बनेको छ।