पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी–५ मा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
आज बिहान ३ः३५ बजे इटहरीस्थित राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ ३९ वर्षीय साइकल यात्री गणेश पुरीलाई अज्ञात सवारी साधनले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका पुरीलाई उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक पुरीको श्रीमती र २ जना साना छोरीहरू रहेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार ठक्कर दिने सवारी साधनको पहिचान भइसकेको छैन।
प्रहरीले दोषी सवारी साधन र चालकको खोजी कार्य तीव्र रूपमा अघि बढाएको जनाएको छ।
