भक्तपुरमा कवाडीको काम गर्ने एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार आइतबार बिहान ५ः५५ बजे मध्यपुर ठिमी नगरपालिका-९ बोडेमा एक वृद्धको शव फेला परेको हो।

बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा खोटाङ केपिलासढी गाउँपालिका-२ का ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।

राई बोडेमै बस्दै आएका थिए। उनी कवाडीको सामान टिप्ने गर्थे। उनको दाहिने कान र टाउकोमा चोट देखिएको छ। प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।

‘शवको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि केएमसी अस्पताल पठाइएको छ।