नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको हो। 

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको सुन ९०० सयले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदी प्रतितोला १५रुपैयाँले घटेर आज चाँदी एक हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।