पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शनिबारबाट सुरु भएको छ। पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मञ्चन हुनेछन्।
महोत्सवको उद्घाटन पश्चात् कलाकार दिया मास्केले नाटक नेपालमा लोकप्रिय हुँदै गएको भन्दै खुसी व्यक्त गरिन्।
उनले भनिन्,‘नेपालमा नाटक लोकप्रिय छ, युवा पुस्ताहरू धेरै नै आकर्षित भएका छन्। दर्शनहरूमा पनि पुरानो पुस्ता भन्दा नयाँ पुस्ता देखिएको नेपालमा नै होला। यसले सकारात्मक प्रभाव परेको छ।’
उनले नाटकप्रेमीहरुलाई नाटक नछुट्टाउन आग्रह गरिन्।
यस्तै, पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखरालाई नाट्य घरको आवश्यकता रहेको र नाटक महोत्सवबाट पर्यटन व्यवसायलाई टेवा पुग्ने पनि बताए। उनले चीन, ट्युनिसिया, नर्वे, जापानका नाटक देखाइनुका साथै विभिन्न विषयमा संवाद कार्यक्रमले पर्यटन वर्षलाई सघाउने बताए।