मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले कर्मचारीहरूको स्तर वृद्धि नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
स्वास्थ्य सेवा ऐन २०५३ र कर्मचारी समायोजन ऐन २०७५ को प्रावधान विपरीत स्थानीय तहमा समायोजन भई आएका स्थानीय तहमा कार्यरत चौथो र पाँचौ तहका स्वास्थ्यकर्मीहरूको स्तर वृद्धिबाट स्थानीयहहरुले वञ्चित गरेको मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले आरोप लगाएको छ।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष विनोद यादवले एक प्रेस विज्ञप्ति जारी गरी मधेस प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ ल्याइएको हुँदा हजारौँ राष्ट्र सेवक स्वास्थ्यकर्मीहरू स्तर वृद्धिबाट वञ्चित भएको आरोप लगाएका छन्। अध्यक्ष यादवले स्वास्थ्यकर्मीहरूको वृद्धि विकास सुनिश्चित गर्न मधेस प्रदेश सरकारसँग माग समेत गरेको छ।
सो ऐन संशोधन गरी स्वास्थ्यकर्मीहरूको अवरुद्ध स्तर वृद्धि सुचारु नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् र यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्तर वृद्धिको माग गर्दै यहाँका स्वास्थ्यकर्मीहरू प्रदेश सरकार विरुद्ध केही दिन देखि आन्दोलित भएका छन्। तर, प्रदेश सरकारले यस आन्दोलनको विषयमा आफ्नो धारणा समेत राख्न सकेका छैनन्।
