झापाको दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एकजना महिलाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. १ ख २५४५ नम्बरको बसमा चढेकी मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको हो।

साँझ ५ः५० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिले आइपुगेपछि सो बसमा चढेका अन्य यात्रुहरुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अचेत अवस्थाकी चेम्जोङलाई स्थानीय लालीगुराँस मेडिकल हलमा सामान्य उपचारपश्चात बिएन्डसी अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

दीर्घरोगका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।