मोरङको उर्लाबारी नगरपालिका वडा नं ४ आइतबारे चोकस्थित न्यू पाथिभरा ज्वेलर्समा चोरी भएको छ।

ज्वेलर्सका सञ्चालक रमेश गजमेर बराइलीका अनुसार सोमबार राति पसलको पछाडिको पर्खाल फोरेर चोरले लाखौँको धनमाल चोरी गरेका छन्।

करिब २० तोला सुन, ६० केजी हाराहारीमा चाँदी र नगद करिब १५ हजार रुपैयाँ चोरी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

चोरहरूले प्रमाण नष्ट गर्न सीसीटीभीको डिभाइस समेत लिएर गएका छन्।