बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ अफिम सहित युवकलाई पक्राउ गरेको हो।
जिल्ला धादिङ गजुरी नगरपालिका–४ बस्ने वर्ष २६ को राजन चेपाङलाई पक्राउ गरिएको प्रहरी चौकी पथलैयाका प्र।स।नि।अमृत मैनालीले जानकारी दिए।
उनका अनुसार धादिङबाट वीरगंज तर्फ जाँदै गरेको प्र ०३–०३–००१ प ५२७३ नम्बरको मोटरसाइकल शङ्कास्पद लागि रोकी चेकजाँच गर्दा अफिम फेला परेको हो।
मोटरसाइकलमा लुकाई छिपाई कालो झोलामा ३ वटा गोला बनाएर राखिएको अवस्थामा बरामद गरिएको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सवारी रोकी चेकजाँच गर्दा लागूऔषध अफिम सहित चेपाङलाई पक्राउ गरिएको हो।
लागूऔषध अफिम सहित पक्राउ परेका चेपाङलाई आवश्यक कानुनी प्रक्रियाको लागि अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ।




















