जापान जाने विद्यार्थीहरुलाई लक्षित गर्दै मोरङको बेलबारीमा मिरोकु ग्लोबल एजुकेसनल  (कन्सल्टेन्सी)  सञ्चालनमा आएको छ । अध्ययनका लागि जापान जाने विद्यार्थी बढेसँगै उनिहरुलाई गुणस्तरीय शिक्षासँगै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिँदै गुणस्तरीय जापानिज भाषा अध्यापन गराउन मिरोकु ग्लोबल सञ्चालनमा आएको हो ।

मिरोकु ग्लोबल सुनसरीको इटहरीमा रहेको मुख्य कार्यालय  आज आइतबार बेलबारी –३ का वडाध्यक्ष योगेन्द्र सुबेदी, समाजसेवी महेन्द्र सुबेदी ,समाजसेवी हेम सागर ढकाल  नेपाल उधोग तथा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष माधब राज  थापाले सामुहिक रुपमो बेलबारीको शाखाकोे उद्घाटन गरेका छन् । 

जापानमा भाषा अध्ययन गरेर लामो समय बसेका  राजन बाबु सुबेदीले मिरोकु ग्लोबल सञ्चालन गरेका हुन् । उद्घाटनका क्रममा मिरोकु ग्लोबलका संचालक सुबेदीले कन्सल्टेन्सीले  जापानिज  भाषा सिकाउने, जापानमा अध्ययन र कार्यको अवसरहरूको बारेमा जानकारी दिने  बताए । सुबेदीले यस कन्सल्टेन्सीको मुख्य उद्देश्य जापानसँग सम्बन्धित व्यापार, शिक्षा र प्रविधी आदानप्रदानमा सुधार ल्याउने उद्देश्य राखेर यो शाखा खोलिएको जानकारी दिए।


संचालक सुबेदीले विद्यार्थीहरुको महत्वपूर्ण गन्तव्य जापान बनेको छ , हामीले जापानीज भाषा पढाउनुका साथै जापान जाँदा र गएपछि त्यहाँ गर्नुपर्ने र गर्न नहुने कामका बारेमा विद्यार्थीलाई राम्रोसँग सिकाएर पठाउँछौँ । पछिल्लो समय विद्यार्थीहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढेको भन्दै यसप्रति सचेत भएर आफूहरुले मिरोकु ग्लोबल सञ्चालनमा ल्याएको सुबेदीले बताए  ।