मुकुम्लुङ बचाऔँ सङ्घर्ष समिति र केही राजनीतिक दल समर्थित आन्दोलनकारीले आज पूर्वमा यातायात बन्दको आह्वान गरेका छन्। बन्द गराउने क्रममा दमक चोकमा आज बिहान प्रहरी र प्रदर्शनकारीबिच कहिबेर घम्साघम्सी समेत चलेको थियो।
सोही क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा दमक १ का पदम बेघा, दमक २ का धनकुमार योङहाङ र दमक १ का सुक बहादुर लिम्बु रहेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। उनीहरूलाई पक्राउ गरेपछि बन्दकर्ताहरू अहिले तितरबितर भएका छन्।




















