मोरङको मिक्लाजुङ गाउँपालिका-७ स्थितबाट प्रतिबन्धित लागू औषध सहित १ जना पक्राउ परेका छन्।
माघ १९ गते दिउँसो इलाका प्रहरी कार्यालय  मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको  क्रममा दमक नगरपालिका-३ का निखिल विश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरी जम्मा २३९ क्याप्सुल सहित पक्राउ गरेको हो। पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।