ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट खेलाडीलाई मासिक परिश्रमको व्यवस्थापन गर्ने बताएका छन्। 
एबीसी डिभिजन फुटबल क्लबहरू र गोल्ड क्लब विजेता क्लबहरूलाई सम्मान कार्यक्रममा बोल्दै उनले आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गरी मासिक परिश्रमको व्यवस्थापन गर्ने बताए। 
उनले भने, ‘आउँदो वर्षमा ललितपुरको ‘ए’डिभिजनका राम्रा खेलाडी एक जनालाई मासिक रुपमा थोरै रकमको भएपनि मासिक परिश्रमको व्यवस्थापन गर्छौ। कति रकम हुन्छ त्यसको होमवर्क गरेर सार्वजनिक गर्छौ। आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गर्छौ। ललितपुरको जति पनि ‘ए’डिभिजनका खेलाडी छन् ती मध्ये एक जनालाई मासिक परिश्रमको व्यवस्थापन गर्छौ।’