भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना भएको छ। शनिबार महाकुम्भबाट फर्किरहेको अवस्थामा गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने, ४ जना घाइते भएका छन्।

सबैजना जनकपुरधामकै रहेको बताइएको छ। शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै, सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।

बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई ५ पटक सडकमा पल्टिएको प्रत्यक्षदर्शीको भनाई छ।