आज तमु ल्होसार पर्व। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार भव्य रूपमा मनाउने चलन रहेको छ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। शाब्दिक रूपमै प्रस्ट छ, आज गुरुङ समुदायको नयाँ वर्ष हो। चाइनिज ज्योतिष शास्त्र र पात्रो अनुसार वर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरू जनावरको आधारमा नामाकृत हुन्छन्। तिब्बती बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ वर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ। यी ल्होसारहरूमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन्।
सरकारले ‘तमु ल्होसारको पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ। 
काठमाडौँ उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन्।