ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल गरेको छ। 
आइतबार काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल भएको हो। 
निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि दिने सुझावहरू पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताकासाथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको टानका अध्यक्ष सागर पाण्डेले जानकारी दिए। 
उनले भने,‘पर्यटन नीति २०८१ को मस्यौदाकोबारे छलफल गरेर अहिले निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि हामीले दिने सुझावहरू पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताकासाथ हामीले यो अन्तरक्रिया कार्यक्रम गरेका हौँ। जसले गर्दा भोलि गएर नेपालको पर्यटनको क्षेत्रबाट समग्र नेपालको आर्थिक विकासमा ठुलो सहयोग पुग्छ भन्ने विश्वासकासाथ यो कार्यक्रम भएको छ।’