सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ।
हिजो राति ७ बजे अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा सवार सोही स्थानका २७ वर्षीय सन्जिप गिरी र २३ वर्षीय रोजेश श्रेष्ठलाई नियन्त्रित औषधी स्पासपेन १२३ ट्याबलेट र लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल सहित पक्राउ गरिएको हो।
यसैगरी, हिजो बिहान साँढे ४ बजे ताप्लेजुङ फुङलिङ नगरपालिका ४ गोस लाईन स्थितबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ ८ का २० वर्षीय राम तामाङ, फुङलिङ ४ का २१ वर्षीय सोनुहाङ लिम्बु र पाथिभरा याङवरक १ का १९ वर्षीय सुमन तामाङको साथबाट नियन्त्रित औषधी स्पासपेन १८ ट्याबलेट र लागुऔषध ट्रामाडोल १८ क्याप्सुल सहित पक्राउ गरिएको छ।
पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइरहेको छ।