झापाको मेचीनगर नगरपालिका ९ गैरी गाउँ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थान बस्ने २८ वर्षीय सालु भन्ने अजय राजवंशी रहेका छन्।
हिजो बेलुका ६ बजे लागु औषधको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले राजवंशीले चलाउने साईकलको हेण्डिल भित्र लुकाई छिपाई राखेको लागुऔषध ब्राउन सुगर ५ ग्राम ९० मिलिग्राम बरामद गरेसँगै उनको कोठा भित्र मोबाइल ५ थान, नेपाली नगद रु ५० हजार १५० रुपैयाँ सहित राजवंशीलाई पक्राउ गरिएको हो।
पक्राउ परेका राजवंशीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।