जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३, कटकेतर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।

ग३च ९४४५ नम्बरको जीप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए।  

घाइतेमध्ये एकजनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ।